माठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार आफ्नै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसकै नेतृत्वको सरकारबाट निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र सबै तहको चुनावमा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएकोले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको उनले बताए ।
यसैगरी बैठकले कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचनका लागि समिति बनाउनुका साथै पार्टीको विधान, नियमावली तथा कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता छान्ने निर्वाचन प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देशन पनि दिएको छ ।
प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसँग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न पनि प्रदेश कार्यसमितिलाई भनेको छ ।
- याे पनि…




















प्रतिक्रिया