Logo

अर्थ

बलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबलकारको भ्रमण



काठमाडौं । बलिउड अभिनेता विवेक ओवरायले अन्नपुर्ण केबलकारको भ्रमण गरेका छन । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवार सहितपोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोट सम्मयात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।

अभिनेता ओवरायलाई अन्नपूर्ण केबलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबलकारमा स्वागत गरेका थिए । करिब एक वर्ष अघि पोखराको सेदि देखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तब्य बनेको छ ।

केबलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोटबाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।