Logo

प्रमुख समाचार

यी १६ भारतीय औषधि उत्पादक कम्पनीले पालना गरेनन् ‘जीएमपी’, खुलमखुला विक्री वितरण



काठमाडौं । भारतीय औषधि उत्पादक कम्पनीले विश्व स्वास्थ्य संगठनको गुड मेनिफ्याक्चरिङ प्राक्टिस (जीएमपी ) अर्थात् कुशल उत्पादन अभ्यास पालना नगरेका पाइएको छ । औषधि व्यवस्था विभागले जीएमपी पालना नगर्ने १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ वटा भारतीय कम्पनीले पालना नगरेको पाइएको बताएको हो । विभागले गरेको अनुगमनमा १६ वटा भारतीय कम्पनीहरुले जीएमपी निर्देशिका पालना नगरेको भेटिएपनि हाललाई ती कम्पनीका उत्पादनहरुको विक्री वितरणमा भने कुनै बन्देज लाग्ने छैन ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार कम्पनीहरुले आफूले सबै मापदण्ड पालना गरेको दाबी गरेर प्रमाणपत्र बुझाएको आधारमा अनुगमन मात्रै गरिएको बताए । त्रुटी देखएिको विषयमा सो कम्पनीलाई भनिएको र उनीहरुले त्यसलाई सच्याएर पुन प्रमाणीकरणका लागि निवेदन दिन सक्ने भएका कम्पनीको उत्पादनमाथि रोक नै लगाउनुपर्ने अवस्था नरहेको उनले बताए ।

विश्व स्वास्थ्य संगठनकाअनुसार जीएमपी भन्नाले गुणस्तर मापदण्ड अनुसार उत्पादनहरु लगातार उत्पादन र नियन्त्रण सुनिश्चित गर्न बनाइएको एक प्रणाली हो ।

जीएमपी पालना नगर्ने भारतीय कम्पनीहरु

१. रेडिएन्ट प्यारेन्टरल्स लिमिटेड, गुजरात भारत

२. मर्करी ल्याबोरेटिज लिमिटेड, गुजरात भारत

३. एलायन्स बायोटेक, भारत

४. क्यापट्याब फार्मेसी , उत्तराखन्ड भारत

५. एग्लोमेड लिमिटेड ,उत्तराखन्ड भारत

६. जी ल्याबोरेटरी लिमिटेड, हिमान्चल प्रदेश भारत

७. ड्याफोडिल्स फर्मास्युटिकल लिमिटेड भारत

८. जीएलएस फर्मा लिमिटेड, तेलेन्गाना भारत

९. युनिजुलिस लाइफ साइन्स लिमिटेड, नागपुर भारत

१०. कन्सेप्ट फर्मास्युटिकल्स प्रालि ,महाराष्ट्र भारत

११. श्री आनन्द लाइफ साइन्स लिमिटेड, कर्नाटाका भारत

१२. आइपीसीए ल्याबोरेटरीज लिमिटेड , पूर्व सिक्किम भारत

१३. क्याडिला हेल्थकेयर लिमिटेड, गुजरात भारत

१४. डायल फर्मास्युटिकल्स् , गुजरात भारत

१५. माककुर ल्याबरोटरीज लिमिटेड, गुजरात भारत

१६. दिव्या फार्मेसी, उत्तराखण्ड भारत

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १८:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।