Logo

अर्थ

नेप्सेले घोषणा गर्‍याे बम्पर लाभांश



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८/७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ। नेप्से सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बम्पर लाभांश प्रस्ताव गरेकाे हाे ।

नेप्सेले १०० प्रतिशत नगद लाभांश दिने भएकाे हाे । जसअनुसार नेप्सेले सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएकाे छ ।

प्रस्तावित लाभांश अनुमोदन गर्न नेप्सेले आफ्नो ४१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौको यूएनआई शान्तिमार्गस्थित नेप्से कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।