Logo

मनोरञ्जन

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा सुदुरपश्चिमेली प्रेम र संस्कृति



काठमाडौं । पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसंगीतका आफ्नो कलासंस्कृति कसरी समेट्ने भन्दापनि युट्युवमा बढी भ्यूज कसरी बटुल्नेतिर ध्यान दिइन्छ । त्यसैले गीतसंगीतका दिग्गज यसतर्फ चिन्तित छन् ।

त्यसाे त आफ्नो कलासंस्कृतिप्रति सजक गायक गायिका छन् गीतिक क्षेत्रमा । ती नै मध्येकी एक गायिका लक्ष्मी आचार्य पनि हुन् । सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमा त्यहाँका कलासंस्कृति, रीतिरिवाज, भेसभुषा र भाषासंस्कृति देख्न सकिन्छ ।

सुदुरपश्चिमका टिपिकल्ल भाका टिपेर त्यहाँका रितिरिवाज सहितका ‘ओ मेरी भाउजु’, ‘भन् साली तेरी दिदी कहाँ’ जस्ता युट्युवको करोड क्ल्बमा पुग्न सफल गीतहरु दिएकी आचार्यको नयाँ गीत ‘लाइहेल कालो टिको’ सार्वजनिक भएको छ । सुदरपश्चिमको एकदमै चर्चित र ऐतिहासिक भाषाकासाथ आएको यो गीत त्यहाँकै कल्चर शैलीमा गीत तयार छ ।

नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो । थुप्रै गीत मार्फत आफूलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत सुदुरपश्चिमकै शैलीमा निकै मिठो तवरबाट गाएका छन् ।

गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकाश सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । गीतमा एउटी बिछट्टै राम्री युवतीलाई अरुको नजर लाग्ने होकी भनेर पछ्याइरहेका एक युवकले ती युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम व्यक्त गर्दछन् ।

भिडियोले पनि त्यही कथा बुनेको छ । मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रविन भट्टको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको भिडियोले गीतलाई झनै सिंगार्ने काम गरेको छ । आफ्नो भाषा, संस्कृतिप्रति आफू सचेत रहेकोले आफ्नो गीतसंगीत सधैँ सुदुरपश्चिका कलासंस्कृतिले भरिपूर्ण हुने गायिका आचार्य बताउँछिन् ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १४:३१   :  बजे

465
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।