काठमाडाैं । अर्थमन्त्री र गर्भनरसँगकाे भेटपछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघले आन्दोलन स्थगित गरेकाे छ । अर्थमन्त्रीले समस्याप्रति सरकार गम्भीर रहेको समस्या समाधानका लागि सरकार प्रयत्नरत रहेको र निजी क्षेत्रसँगको सहकार्यमा सरकार प्रतिबद्ध रहेको आश्वासनपछि संघले आन्दोलन स्थगित गरेको हाे ।
विगत एक वर्षदेखि देशमा भएको बैंक तथा वित्तिय संस्थाहरु व्याजमा अप्राकृतिक बृद्धि, पुनर कर्जा फिर्ता लगानी योग्य, पुँजी अभाव, तरलतामा कमी, आधार दर अनायास वृद्धि, आधार दरमा मनापरी प्रिमियम दर, थप गर्ने बैंकको अभ्यास, आयातमा अवरोध, सतप्रतिशत मार्जिन, अव्यवहारिक चालु पूँजी कर्जा मार्ग निर्देशिका, आदि समस्या समाधानका लागि सरकार नियमन निकाय र बैंक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गर्ने, भेट गर्ने कार्यबाट कुनै परिणाम नआएपछि देशभरका उद्योगी, व्यापारी संस्थाहरु आन्दोलित रहेर सडक आन्दोलन चलाइरहेका थिए ।
उनीहरूले एकल ब्याजदर कायम हुनुपर्ने, पुरानै सिसिडी रेसियो कायम गरिनुपर्ने, चालू पुँजी निर्देशिका खारेज गरिनुपर्ने, विभिन्न शुल्कहरु घटाइनुपर्ने, संस्थागत ब्याजदर २ प्रतिशत कायम हुनुपर्ने लगायत माग राखेका छन् ।






















प्रतिक्रिया