काठमाडाैं । साताको पहिलाे कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७२ अंकले बढेर ३९४.०२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच भएको छ । यसदिन सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह मध्य १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सर्वाधिक नबिल बैंकको सर्वाधिक २२ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल टेलिकमको १९ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ८३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ८२ लाख रुपैयाँ, रिडी पावरको ७ करोड ८१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ६९ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।




















प्रतिक्रिया