Logo

अर्थ

इन्धनको मूल्य : भारतबाट बढेर आएको भएपनि नेपालमा यथावत् रहने



काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको भए पनि नेपालमा हालकै मूल्य यथावत रहने भएको छ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको छ ।

भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो ।

एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’ भारतीय आयल कर्पोरेसन(आईओसी)ले निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ ।अन्त

र्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार २१:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।