Logo

अर्थ

ताेलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?



काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ११:००   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।