काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।
सत्तारुढ गठबन्धनका सात दलसहित नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेपाली कांग्रेसले भने निर्णय गरिसकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी कांग्रेस पदाधिकारी बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।




















प्रतिक्रिया