काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुई धार देखिएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समिति बैठक बोलाएको छ ।
विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । अब साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान बसेको पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको हो ।
कांग्रेसको निर्णयलाई कुर्दै प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ । त्यसअघि प्रतिनिधि सभा बैठक ११ बजे बस्ने तय भएको थियो । आजकै बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।




















प्रतिक्रिया