Logo

प्रमुख समाचार

पृथ्वीनारायण शाहलाई सम्मान गरेर जाँदा कसैले पनि हिनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरेर जाँदा कसैले पनि हिनताबोध गर्नु नपर्ने बताएका छ । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

सरकारले पृथ्वी जयन्तीमा (पुस २७ गते) सार्वजनिक विदा दिने निर्णय गरेकामा सरकारलाई धन्यवाद दिए पनि दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उयनलाई सम्मान गर्न हिनताबोध गर्नु नपर्ने धारणा राखे । ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।’

पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको छ । अध्यक्ष लिङ्देनले उक्त कार्यक्रममा सबै सांसदलाई निम्तो गरेका छन् ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १५:४९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।