Logo

प्रमुख समाचार

कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउँछु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा आफूले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् ।

तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्र्तालाई छुटाउन पहल गरेको पनि उनले बताए । तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशमको रिहाइ गर्ने उनको भनाइ छ ।

आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रच्ण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १७:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।