चकमन्न रात, बिना अर्थ यो वेचैनी
काल्पनिकतामा म कल्पना गर्छु
मेरो यो मुटु नभई दिए ।
जिन्दगी मेरो हुकुम यस्को
युद्द यस्को हार मेरो
गल्ति यस्को सजाए मेरो
म फेरि सोच्छु
कति सितल हुदो हो यो जिवन डढेलो सरी
दौडी रहेको यो मुटको रफ्तार नभई दिए ।
एक्लोपन के हो ? एक्लै हुनु हो ?
वा मानिसहरुको भिडमा हुनु तर त्यो भिडमा
चासो नहुनु हो
फेरि म सोच्छु हाडी भित्र भुटभुटीएको मकै जस्तो यो जिवन
र छटपटीका यी एक्ला रात नभईदिए
या फेरि, बग्दो आँसुको बाहानामा आउने ति झुठ्ठा याद नभईदिए ।
मर्म जसलाई पर्यो उसको निजि हुन्छ रे
मर्म भन्ने पनि त नहुदो होयोमन्दबुद्दि मनै नभईदिए
कतै भईरहनु, कतै छोईनु, फेरि कतै विथोलिनु
कति सरल हुदो हो यो जिवन दुख्ने यो छाती नभईदिए ।
हारको शोक र जितको भोक बिच पिल्सिएको
योथोत्रो, झुत्रोर मलिन अनुहार देख्दा म सोच्छु
कति धुमधाम हुदो हो यो जिवन विजय नामको पहाड र
वजारिने मैदान नभई दिए ।
या फेरि सफल र विफलको हार
पहिर्याई दिने यो समाज र
पराई जस्तो लाग्ने यो दुनिया नभैदिए ।
जिवन के हो ? कमसेकम जिउदो रहनु जिवन हो ?
भन्न हिम्मत नहुने हो वा भन्नै नहुने हो
मुत्यु सैयामा भएको विरामीको जस्तो कृतिम लाग्ने यो सासै नभईदिए ।
या फेरि आज भन्दा भोली अझ राम्रो हुन्छ भन्दै लागीरहने यो
आशावादी आशै नभईदिए ।
बिष्णु भण्डारी, भक्तपुर
प्रतिक्रिया