काठमाडौं । नेकपा एकीकृत समाजवादीले एकअर्काको नीति, सिद्धान्त र विचार मेल खाएको भन्दै पार्टीमा छिटो आउन नेकपा एमाले त्यागेर बसेका नेता घनश्याम भुसाललाई आग्रह गरेका छन् । नेकपा एसका वाम एकता वार्ता समिति संयोजकसमेत रहेका महासचिव डा. बेदुराम भुसालले घनश्यामलाई पार्टीमा स्वागतका लागि पठाएको पत्रमा नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा नेकपा एसमा कायम रहेको सैद्धान्तिक विन्दुमा फर्किनुपर्ने भुसालको विश्लेषण मेल खाएको उल्लेख गरेका छन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी भुसालले लिखितरूपमा प्रस्तुत गर्नु भएका प्रस्तावहरू अध्ययनसहित केन्द्रीय सचिवालय बैठकमा छलफल गरेको पत्रमा लेखिएको छ । ‘तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन्’, संयोजक वेदुरामले लेखेका छन् ।
इतिहासमा भएका सबै उपलब्धि र कमजोरीहरू साझा विरासत भएको भन्दै नेकपा एसको पत्रमा एमाले र नेकपा माओवादी केन्द्रको एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्काएको उल्लेख गरिएको छ ।
हेर्नुहोस् पत्र





















प्रतिक्रिया