Logo

राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले प्रदेशसभामा दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन् ।

अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।

यसअघि उपप्रधान तथा गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री भई २ पटकसम्म संघीय सरकारमा मन्त्री बनिसकेका अधिकारी यसपटक गण्डकीकाे मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ११:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।