Logo

राजनीति

घनश्यामलाई स्वागत गर्दै माधव नेपालले भने– एकीकृत समाजवादी अब नयाँ ढंगबाट अघि बढ्छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानन्त्री माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् । नेकपा एमाले त्यागेरका नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए ।

‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन । सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ’, अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गरे । नेकपा एमाले अब सुध्रिनेवाला नभएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १७:२७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।