Logo

अर्थ

अमेरिकी डलरको मूल्य घट्यो, कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ६१ पैसा र बिक्री दर ९१ रुपैयाँ ३ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार ०८:४८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।