Logo

प्रमुख समाचार

राष्ट्रपति चुनाव लक्षित दौडधुपमा कांग्रेस नेताहरु, माधव नेपाल भेट्न रामचन्द्र पुगे आलोकनगर



काठमाडौं । मंसिरमा ४ मा सम्पन्न आनिर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसका नेताहरु अहिले राष्ट्रपति चुनाव लक्षित दौडधुपमा छन् । राष्ट्रपति चुनावलाई नै लक्षित गरेर कांग्रेसले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको चर्चाका बीच नेताहरुको दौडधुप बढेको हो ।

कांग्रेसबाट पनि प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाएपछि सत्ता गठबन्धनभित्रै पनि शंसय उत्पन्न भएको छ । सत्तारुढ दलहरुबीच भाबन्डा हुँदा नेकपा एमालेको भागमा परेको राष्ट्रपति पदलाई लिएर अहिले खासगरी एमालेका नेताहरु सशंकति छन् । यस्तो अवस्थामा आज (शनिबार) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको हो ।

कांग्रेसबाट राष्ट्रपतिका आकांक्षी पौडेल अध्यक्ष नेपाललाई भेट्न एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १२:५६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।