दाङ । सुदूरपश्चिम प्रदेशमा आज साँझ ६ बजे सभामुख चयनका लागि निर्वाचन हुने छ । आजै बसेको सर्वदलीय बैठकले साँझ ६ बजे सभामुखका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।




















प्रतिक्रिया