सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो ।
सुर्खेतकी गुरुङ समानुपातिक सांसद हुँन् । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एकरएक जना सांसद रहेका छन् ।
सभामुखमा कांग्रेसबाट खड्क पोखरेलको उम्मेदवारी दर्ता भएकाे छ ।
- याे पनि..
कर्णालीको सभामुखमा कांग्रेसबाट खड्क पोखरेलको उम्मेदवारी दर्ता




















प्रतिक्रिया