पाेखरा । २५० वर्ष लामो इतिहास बोकेको बाघ भैरव नाचलाई पोखरा महानगरपालिकाले कार्यक्रम नै आयोजना गरेर प्रदर्शन गरेको छ । अहिले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भैरव नाच प्रदर्शन भइरहेको छ । नाच हेर्नका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी, विनाविभागीय मन्त्री हरिबहादुर चुमान, सिता सुन्दास लगायत पुगेरका थिए ।
पोखरा महानगरपालिकाको निम्तोलाई स्विकारेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा, तानेसन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ पोखराको बाघ भैरव नाच हेर्न आए । ४ बजेपछि सुरु भएको कार्यक्रममा औपचारिक उद्घाटन पहिले केही बेर बाघ भैरव नाच देखाइयो । नाच हेरिरहेका बलेन्द्र साहसँग एक जना बालकले अटोग्राफ लिएको दृश्य रोचक देखिन्थ्यो ।
केहीबेरको नाचपछि औपचारिक उद्घाटनसँगै भाषणबाजी सुरु भयो । बाघ भैरव नाचको जानकारी दिदै गर्दा काठमाडौंका मेयर बालेन्द्र शौचालय निस्किए । उनका सुरक्षाकर्मी र पोखरा महानगरपालिकाका नगर प्रहरीले उनलाई शौचालयसम्म पुर्याए ।
शौचालय जाँदै गर्दा उनका फ्यानहरुले उनलाई पछ्याउन थालिसकेका थिए । जब उनी शौचालयबाट निस्किए त्यसपछि कार्यक्रममा पुगेका पोखरेलीले घेरे सेल्फी र भिडियो खिच्नलाई ।
सेल्फी र भिडियो खिच्न जम्मा भएको हुलबाट केही पाइला सार्थे फेरी अर्को भिड जम्मा हुन्थ्यो । शौचालयबाट निस्कदा समेत उनलाई फ्यानले घेरेपछि पोखरा महानगरपालिकाका नगर प्रहरीले भिड छिचोल्दै उनलाई कार्यक्रममा आसनग्रहण गरेको ठाउँसम्म पुर्याएका थिए ।




















प्रतिक्रिया