काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । उनका सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् । यसअघि विमान दुर्घटना खबर पाउनसाथ प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरेका थिए ।




















प्रतिक्रिया