काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वालकोट निवास पुगेका छन् । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् ।
सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ । भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका हुन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने भनेपछि एमाले नेताहरु शसंकित भएका छन् ।
प्रतिक्रिया