Logo

मनोरञ्जन

अभिनेता श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर




काठमाडौं । निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको टोली तयार पार्दैछन् । फिल्मको प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् ।

अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मका तीन हिरोमध्ये माओत्से एक भूमिकामा हुने शोभितले बताए । कमेडी लभस्टोरी फिल्मको छायांकन फागुन दोस्रो सातादेखि हिमालपारिको जिल्ला मुस्ताङदेखि सुरु गर्ने तयारी छ ।

अभिनेता गुरुङले पनि फिल्ममा आफ्नो प्रमुखमध्येको भूमिका भएको बताए । ‘स्क्रिप्ट पढ्दा चित्त बुझ्यो र काम गर्ने सहमति जनाए । यसमा पनि मेरो प्रमुखमध्येको एक रोल छ,’ गुरुङले भने । फिल्मलाई टेक पौरखीले राईले निर्देशन गर्ने जनाइएको छ । फिल्म छायांकनले मुस्ताङको पर्यटन विकास हुने आशा आफूहरुले लिएको पनि निर्माता बस्नेतले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।