Logo

राजनीति

स्वास्थ्यमन्त्री एमालेकाे भागमा परेपछि तोसिमा राज्यमन्त्री, अरु को–को बन्दै छन् रास्वपाबाट मन्त्री ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

यस्तै डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । स्वास्थ्य मन्त्रीमा आकांक्षी रहेकी स्वास्थ्य एमालेका भागमा परेपछि राज्यमन्त्रीमा सीमित भएकी हुन् । एमालेबाट पदम गिरीले स्वास्थ्यको जिम्मा पाउने पक्का भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।