काठमाडौं । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महिला सांसदलाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको हो ।
त्यसपछि ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको र त्यसमा सांसद न्याैपानेकाे नाम अघि रहेकाे बताइएको छ । यद्यपि यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको नेताहरुले बताएका छन् ।
कांग्रेसले सभामुखमा उम्मेदवारी दिने र माओवादी तथा एकीकृत समाजवादीलगायतका दलसँग पनि सहयोग माग्ने निर्णय गरेको छ । कांग्रेसबाट उम्मेदवार बन्न लागेकी न्याैपाने केन्द्रीय सदस्य पनि हुन् ।




















प्रतिक्रिया