Logo

राजनीति

हिजो बोलेका हरेक शब्दको हेक्का छ : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ । भोट माग्दा गरेका बाचाहरुको हेक्का छ’, गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’

उनले फरार अभियुक्तहरु समातिने मात्रै नभएर धेरै नयाँहरू फरार हुन नपाउन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् ।शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ११:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।