काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद प्रतिपक्षको भन्ने मान्यताप्रति आफू सचेत रहेको बताउका छन् । निर्वाचित भएपछि शनिबार पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताएका छन् ।
‘संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्ष दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन्’, उनले भने, ‘प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसद्मा उसले तदअनुरुपको अवसर पाउनुपर्ने भएकोले बेलायतको संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्छ भन्ने कुरामा पनि म सचेत रहेको छु ।’
सभामुख घिमिरेले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।




















प्रतिक्रिया