Logo

प्रमुख समाचार

कृष्णगाेपाल श्रेष्ठले भने- सभामुख संसद्को रेफ्री हो, निष्पक्ष भूमिका निभाउनु पर्छ



काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले निष्पक्ष भूमिका निभाउनुपर्नेमा जोड दिएका छन् । उनले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि बिचलित नभइकन भूमिका खेल्न सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।

विगतमा सभामुखबाट दल फुटाउने भूमिका भएको भन्दै अब त्यस्तो हुँदैन भन्ने अपेक्षा गरेको बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले सभामुख र उपसभामुखले संसद्‌मा रेफ्रीको भूमिका असल र इमान्दारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्न आग्रह गरेका छन् ।

उनले उसभामुखमा रास्वपाकी रानामगर योग्य रहेको भन्दै उनको पक्षमा मतदान गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १४:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।