Logo

प्रमुख समाचार

उपसभामुखमा इन्दिरालाई समर्थन गर्दै लिङ्देनले भने– भुइँबाट उठेर देशको नाम राख्नुभएको छ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उपसभामुखको रुपमा इन्दिरा रानामगरलाई पाउनु गौरवको विषय भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको उम्मेदवार इन्दिरालाई समर्थन गर्दै उनले रानामगरलाई समर्थन गर्न पाएको खुसी व्यक्त गरे ।

‘मेरा खुसीका दिनहरूमध्ये आज विशेष खुसीको दिन हो । मैले इन्दिरा रानामगरलाई यो सदनको उपसभामुख पदमा समर्थन गर्ने मौका पाएँ । इन्दिरा रानालाई समाजले, देशले र अन्तर्राष्ट्रिय जगतले समेत चिनेको छ’, उनले भने, ‘यो सदनमा सबैभन्दा बढी कसैले चिनेको छ भने मैले चिनेको छु, जस्तो लाग्छ । एउटा भुइँ मान्छे, जसले समाज र देशको नाम राख्ने गरी समाजसेवा गरेको छ ।’

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १४:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।