Logo

राजनीति

नागरिकता, राष्ट्रियता र जनजीविकाका सवालमा सबै दल एक हुनुपर्छ : सांसद श्रेष्ठ



काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले नागरिकता, राष्ट्रियता, जनजीविका र गरिबी न्यूनिकरणको सवालमा सबै एक हुनुपर्ने बताएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकमा उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगरलाई समर्थन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘कसको समयमा गल्ती काम भएको छ त्यस विषयमा ध्यान दिनुपर्छ’, सांसद श्रेष्ठले भने, ‘नागरिकता विधेयकमा सबै राजनीतिक दलहरु एकै स्थानमा आउनु पर्छ ।’ उनले संविधान नै संशोधन गरेर लिम्पियाधुरासहितको भूभाग नक्सामा समेटे पनि त्यसलाई व्यवहारिक रुपमा फिर्ता ल्याउने विषयमा सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै टिप्पणी गरेका थिए ।

साथै सांसद श्रेष्ठले अर्थतन्त्रको कहालीलाग्दो अवस्था रहेको भन्दै महंगी बढेकोमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १६:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।