Logo

प्रमुख समाचार

सांसद लक्ष्मी महतो प्रकरणबारे गृहमन्त्री लामिछानेले भने– ‘अब छिट्टै नतिजा आउँछ’



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताएका हुन् ।

‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ गृहमन्त्री लामिछानेले भने, ‘हामीले निर्देशन गरिसकेका छौं ।अब नतिजामा देख्नुहुन्छ ।’ उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए ।

तपाईंले निर्देशनमात्रै दिने र विज्ञप्ति निकालेर प्रचार गर्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले काम गर्ने हो । काम गरेपछि कहिलेकाहीँ विज्ञप्ति पनि आउँछ । हामी रिजल्ट ओरेन्टेड नै छौं । विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको हो, लोकप्रियताका लागि गरिएको होइन ।’

ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महत्तो कोइरी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा संसद्‌मा उपस्थित भएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १८:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।