Logo

समाचार

लागूऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडाैं । काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बा ९२ प १६९६ नम्बरका स्कुटर चालक कञ्चनपुर घर भएका बिष्णुबहादुर विक, प्रदेश ३ -०२-०१२ प ९६ ७१ नम्बरका मोटरसाईकल चालक काठमाडौंको असनका राजु श्रेष्ठ, बागमती प्रदेश ०२-०३९ प ७२८२ नम्बरका मोटरसाइकल चालक काठमाडौं बस्ने सुरेश बस्नेत, बा ४७ प २० ७९ नम्बरका स्कुटर चालक काठमाडौंको क्षेत्रपाटीका रिजेन खड्गी, बा ८४ प ६४ २५ नम्बरका स्कुटर चालक टेकुका लुज महर्जन र बा ४९ प ५९ २२ नम्बरका स्कुटर चालक कैलालीको धनगढीका निशान भण्डारी रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालकलाई आज काठमाडौँको ठमेलबाट फेला पारेको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १९:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।