काठमाडौं । मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने चेतावनी दिएको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गर्दै आएको चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमतलाई खानेपानी मन्त्रालय दिइएपछि असन्तुष्टि पैदा भएको हो ।
जनमतबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । महासचिव सिंहले मन्त्रालयबारे छलफल गर्नका लागि पार्टीलाई प्रधानमन्त्रीले बोलाएको जानकारी दिए । प्रधानमन्त्रीसँगको आजको छलफलपछि आफूहरु सरकारमा रहने वा बाहिरिनेबारे निर्णय गर्ने उनले बताउका छन् ।
आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने जनमतबाट मन्त्री भएका खानले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेका छन् । प्रधानमन्त्री प्रचण्ड र मन्त्री खानबीच शनिबार संसद्मा पनि छलफल भएको थियो ।




















प्रतिक्रिया