काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक यही माघ १२ गतेका लागि बोलाइएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यका अनुसार बैठक केन्द्रीय कार्यायलमा बस्ने गरी बोलाइएको हो ।
चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकमा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जनवर्गीय संगठनको क्रियाशिलता लगायतका विषयमा छलफल हुने छन् ।
स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकतका लागि कार्यलद समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ । बैठकले यसबारे निर्णय लिने नेताहरुले बताएका छन् ।
त्यस्तै महाधिवेशन भएको एक वर्ष बितिसक्दा समेत पूर्णता नपाएका विभाग र भातृ संगठनका नेतृत्वबारे समेत निर्णय हुने बताइएको छ।




















प्रतिक्रिया