काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफूलाई ‘कालो हात’ले छुने प्रयास नगर्न चेतावनी दिएका छन् । सोमबार नेपाल वायु सेवा निगममा पुगेका मन्त्री किराँतीले आफू सेतो लुगा लगाएको व्यक्ति भएको भन्दै सेतै बनेर फर्किने बताए ।
‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला’, मन्त्री किराँतीले भने, ‘म सेतै बनेर फर्किने हो ।’ घुमौरो भाषामा उनले आफू भ्रष्टाचार तथा अनियमितता जस्ता विषयबाट टाढै रहने व्यक्ति भएको र आफूलाई घुसपपैठ गर्न नखोज्न चेतावनी दिएका हुन् । साथै मन्त्री किराँतीले राज्यको गौरवपूर्ण संस्था निगम डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।
यसैबीच, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन् । पर्यटन मन्त्री सुदन किराFतीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।




















प्रतिक्रिया