Logo

मनोरञ्जन

माेडल अनिता गिरीको नयाँ गीत ‘साली भेना’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । रमन निरौलाको शब्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल अनिता गिरी, कमल सिंह, रितु लामा, रन्जित पौडेल फिचर्ड छन् । म्युजिक भिडियोमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । दिपेन बस्न्यातले खिचेको उक्त म्युजिक भिडियोमा सुरज लामाको सम्पादन रहेको छ ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १५:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।