Logo

प्रमुख समाचार

संघीय संसद् सचिवालयबाट कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता



काठमाडौं । नेपाली कांग्रेसले संघीय संघीय संसद् सचिवालयबाट प्रमुख विपक्षी दलको मान्यता पाएको छ । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको पत्र पठाएको हो ।

सचिवालयल पठाएको पत्रमा भनिएको छ, ‘प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर बहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

यसअघि कांग्रेसले संसद सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेसको आलोचना हुँदै आएको थियो ।

यस्तै प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष नरहेकाे भन्दै नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाकाे प्रमुख प्रतिपक्ष दलका रुपमा पाउने सेवासुविधा आफूलाई उपलब्ध गराउन संसद सचिवालयकाे ध्यानाकर्षण गरेकाे थियाे ।

संविधान तथा कानुनविद्लेसमेत प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने पार्टी संसद्‍काे प्रमुख दल हुन नसक्ने तर्क गर्दै आएका बेला संसद् सचिवालयले कांग्रेसलाई नै प्रमुख प्रतिपक्ष दलकाे मान्यता दिएकाे हाे ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १८:३४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।