Logo

शिक्षा

स्नातक तह चौथो वर्षका विद्यार्थीद्वारा आज पनि पनिकामा प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । स्नातक तह चौथो वर्षका विद्यार्थीले आज पनि वार्षिक परीक्षा तालिका संशोधनको माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विरोध प्रदर्शन गरेका छन्।

त्रिविले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै परीक्षा तालिका संशोधन नगरेसम्म आन्दोलन कायम राख्ने उनीहरूको अडान छ।

उनीहरूले यसअघि पनि त्रिविमा आन्दोलन गरेका थिए। त्रिविले २०७९ सालमा सञ्चालन हुने चारवर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फारम भरेर बुझाउन आग्रह गरेको थियो।

यस अघि परिक्षा तालिका सच्याउन माग गर्दै आन्दोलनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका सहायक परिक्षा नियन्त्रक डा घनश्याम ठाकुरलाई कालो मोसो समेत दलेका थिए ।

तस्बिरहरु

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १७:४७   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।