Logo

अचम्म

बलियो पासवर्ड कसरी बनाउने ? पासवर्ड सम्वन्धि जानकारी



आजको यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतिको विषय भनेकै सुरक्षा हो । तपाईंको कम्प्युटरको सिस्टम होस् या कुनैपनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मेडिया, अनलाईन बैंकिड्ड, अनलाईन सपिड्ड, महत्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाईटहरु आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । यहि पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साईबर दुर्घटनाहरु हुने गरेका छन् ।

कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । तर तपाईं हामी कसैले पनि यसको प्रयोगमा विशेष सावधानी अपनाईएको हुंदैन । यहि पासवर्डको असावधानिक प्रयोगले अनाधिकृत व्यक्तिहरुले तपाईंको सिस्टममा प्रवेश गर्ने मौका पाउंदछन । त्यस्ता व्यक्तिहरुले तपाईंको कम्प्युटर भित्र रहेका फाईलहरुमा मात्र अधिकार जमाउने नभई तपाईंका व्यक्तिगत विवरण समेत पत्ता लगाउन सक्षम हुनेछन जसको फलस्वरुप तपाईंलाई गलत रुपमा प्रयोग गरी विविध फाईदा उठाईरहेका हुन्छन ।

यदि तपाईंले कमजोर पासवर्डको प्रयोग गर्नुभएको छ भने ह्याकरहरुलाई तपाईंको पासवर्ड पत्ता लगाउन कुनै कठिनाई पर्दैन । साधारण पासवर्ड क्रयाक गर्ने प्रोग्रामको प्रयोग गरी तपाईंको पासवर्ड सजिलै पत्ता लगाउंदछन । तर यदि बलियो पासवर्डको प्रयोग गर्नुभएको छ भने उक्त कार्य धेरै नै कठिन हुने गर्दछ ।

बलियो पासवर्ड कसरी बनाउने ?

पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।

पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।

कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।

कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।

पासवर्ड बनाउदा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण (जार्गन) बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउ“मा जिरो, एस को ठाउमा डलरको चिन्ह आदि आदि ।
पासवर्ड राख्दा ध्यान दिनुपर्ने कुराहरु

कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।

कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।

किबोर्डमा पाईने अक्षरका लाईनहरु

सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु

अंग्रजी शब्द पासवर्ड

१ देखि ६ सम्मका अंकहरु
६ देखि १ सम्मका अंकहरु

एबिसि १२३

आफ्नो शहरको नाम

आफ्नो कम्पनीको नाम आदि ।

पासवर्ड सम्वन्धि केहि सुझावहरुः

कुनैपनि कारण अरु कसैसग (साथिभाई, परिवारका सदस्य, प्रियजन, कुनैपनि कम्पनी तथा वेबसाईट आदि ) आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।

समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।

पासवर्डलाई विर्सन्छ कि भनेर कदापि कुनैपनि असुरक्षित ठाउ“मा लेखेर नराख्नुहोस् । प्रायःजसो तपाईं हामि कुनैपनि बैंकको सेक्युरिटी कोड होस या पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् । यदि तपाईंको विर्सने बानी छ र धेरै पासवर्डहरु छन भने त्यसको लागि आफूले मात्र बुझ्ने भाषामा आफ्नै कोड बनाएर लेखेर राख्न सक्नुहुन्छ ।

कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउनुहोस् । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।

हाम्रो बानी के छ भने पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने । याहुमा पनि तेहि, हटमेलमा पनि तेहि, युट्युबमा पनि तेहि, जे जे मा पासवर्ड राख्नुपर्ने अवश्था आउछ सबैमा एउटै । यदि कथमकदाचित कसैले पासवर्ड थाहा पायो भने के हालत हुन्छ होला ?

कम्प्युटर या कुनैपनि वेबसाईटमा काम गरी सकेपछि साईन आउट या लग आउट गर्न नविर्सनुहोस् ।

ईमेल मार्फत आएका अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचनाहरु नदिनुहोला ।

प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार  ११ : ०१ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।