Logo

मनोरञ्जन

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

प्रमोद खरेलसहित ४ जनाको उजुरी



काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।

थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो । रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए । साइबर अपराधको आरोपमा पक्राउ परेका हुन् ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ११:२०   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।