Logo

मनोरञ्जन

नौडाँडा पारी २ मा मल्लिका र अनुज



काठमाडौं । लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन् ।

करिव ५ वर्ष अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो । राहुल प्रधानले संगीत संयोजन गरेको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् । भैतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ ।

चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो लिंक

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १५:५५   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।