जन्मीनु हुर्किनु र बढ्नु
फेरि तिमी ईस्कबाजहरुको कपटमा
मानौ तिमी कसैको नीजि मुद्दा हौ
तिम्रो हद छ, म्याद छ
तिमी कसैको क्षेत्राअधिकार भित्र
थाहै नपाई रातो गुलाब र प्रेमलील अँगालोको लपटमा
के तिमी सार्मभौम छौ ?
आफैले आफैलै सोध ।।
बिवाह गर्नु जन्मदिनु
कसैको घोषित वा अघोषित शाषन, स्थायीत्व
र मातृत्वको दासता भित्र हे नारी अब बन्द गर
एक्लै रुन कराउन सहनुको पनि खास सीमा हुन्छ
जब जरूरी हुन्छ तब असहिष्णुता पनि त धर्म हुन्छ ।।
स्थिरताको हैन परिवर्तनको मार्ग खोज
स्त्री हनु त एक पहिचान हो
सम्पूर्ण तिम्रो पहिचान स्त्री हनु होईन
आफैलाई आफै भित्र खोज
लज्जावती होइनौ तिमी, काडेधार भएर निस्क
धर्मग्रंथकी गुमनाम अप्सरा होइनौ तिमी
दुर्गा वा सरस्वति भएर निस्क
सुन्दरताकी खानी होईनौ तिमी
बौद्धिकताको पाताल भएर निस्क ॥
तिमी अघी बढ साहित्य तर्फ
तिमी अघीसर आविष्कार तर्फ
राजनीतिले तिम्रै बाटो हेरीरहेछ
लड्यौ भने पनि त के भो
आज उठ्नु को भोलि इतिहास हुनेछ
आफू बजारिएकै मैदानबाट उठ ॥
सीमित शक्तिशाली बघीनीहरु
तिमीलाई तिम्रो व्यक्तिगत सफलतामा हराउने
छुट छैन अजै मसी पोखिनै बाँकी छ
अजै पानी भरिनै बाकी छ
गरीब दुब्ला र फालीएका महिलाहरुको निसाफ लिएर उठ
महिला शोषणमा लत लगेका किचकहरुको हिसाब लिएर उठ ।।
बिष्णु भण्डारी, भक्तपुर
















प्रतिक्रिया