Logo

राजनीति

प्रचण्डविरुद्धको मुद्दा संविधानको मर्म र अभिव्यक्ति स्वतन्त्रताको अपमान : अखिल क्रान्तिकारी



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको रितप्रति आपत्ति जनाएको छ । संगठनले रिट निवेदन दायर गर्नु र संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानूनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोज्ने अदालतको प्रयासप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘यो कदम पूर्ण रुपमा बृहत शान्ति सम्झौताको मर्म एवं संक्रमणकालीन न्यायको सिद्धान्तका विरुद्धमा छ । हामी यस कार्यको घोर भत्र्सना गर्दछौं’, संगठनकी अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अपमान गरेको हाम्रो निष्कर्ष छ ।’

तत्कालीन विद्रोही पक्ष र संसदवादी ७ राजनीतिक दलको बीच भएको १२ बुँदे समझदारी र त्यसको जगमा भएको विस्तृत शान्ति सम्झौता विद्रोह र विद्रोहीले उठाएका एजेन्डा व्यवस्थापनका निम्ति राजनीतिक दलहरुको साझा स्वामित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

माओवादी आन्दोलनले संस्थागत गरेका उपलब्धिको उपभोगमा भाग खोज्ने तर अपजसको भारी जति माओवादीलाई मात्र बोकाउने प्रवृत्ति देखापर्न थालेको निष्कर्ष संगठनले निकालेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १३:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।