Logo

राजनीति

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने



काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ रहने भएको छ । आज (बुधबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा कसैकाे पक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचन भाेलि (बिहीबार) हुँदैछ । पार्टीले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

राष्ट्रपतिमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडैल छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १८:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।