काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको । सामाजिक संजाल फेसबुकमार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै पन्तले नयाँ अध्याय सुरु भएको बताएकी छन् ।
सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ तस्बिरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।
उनीहरुबीच बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ । विवाहअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।





















प्रतिक्रिया