Logo

मनोरञ्जन

सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह



काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले आज (बिहीबार) चितवन सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।

विवाहमा आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भएको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

सुरक्षा र मानवले करिब ६ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १६:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।