काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले आज (बिहीबार) चितवन सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।
विवाहमा आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भएको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
सुरक्षा र मानवले करिब ६ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका थिए ।





















प्रतिक्रिया