काठमाडौंँ । अभिनेता अनमोल केसीले आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका छन् ।
‘मलाई थाहा छ, मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ, मैले उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्मसम्म आइपुग्दा म झनै परिपक्क हुनुपथ्र्यो । तर, यहाँ म चुक्न पुगेँ । विश्वस्त हुनुस्, या समय बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलि सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु, अब नवौं पछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकको साथ र सहयोग रहिरहनेछ । मेरो कोसिस निरन्तर जारी रहेनछ । पशुपति नाथले हामी सबैको कल्याण गर्नुहुनेछ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
केसीले आफ्नो फिल्म ‘छड्के २’ सँग रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ को टिमलाई समेत बधाई दिएका छन् ।





















प्रतिक्रिया